
धादिङ फागुन २० । धादिङको धुँवाकोट पात्लेमा जारी सार्वाधिक राशीको फुटबल प्रतियोगिताको फाईनलमा विद्यार्थी उपकार संघ A र जनआवाज युवा क्लव खेल्ने भएका छन् ।
फाईनल पुग्नको लागि आयोजक विद्यार्थी उपकार संघ A ले सुर्योदय युवा क्लवलाई पेनाल्टीमा ४–३ को गोल अन्तरले हराएको थियो । यस्तै फाईनल पुग्न जनआवाज युवा क्लव मानेले सिरानचोक युवा क्लव नुवाकोटलाई ३–१ को गोल अन्तरले हराएको थियो । फाईनल पुग्ने दुबै स्थानीय टिम हुन् । फाईनल खेल शुक्रबार १ बजे हुने बताईएको छ ।
फागुन १४ गतेबाट नीलकण्ठ नगरपालिका १४ स्थित धुवाकोट पात्लेमा जारी उक्त सार्वाधिक पुरस्कार राशीको ७ औं मान बहादुर मेमोरियल कप प्रतियोगिताको फाईनल खेल फागुन २१ गते हुने विदार्थी उपकार संघ पात्लेले जनाएको छ ।
२४ टिमले भाग लिएको यस प्रतियोगितामा पुरस्कार राशी पहिलो १ लाख २० हजार, दोस्रो ६० हजार र सान्तोना दुई टिमलाई २०-२० हजार नगद प्रदान गरिने आयोजक संस्थाका सुरेश तामाङले जनकारी दिनु भयो ।
