बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको लागि धादिङबाट खेलाडी छनौट (नाम समेत)

Avatar photo
Dhadingpost
फाल्गुन १९, २०७७

धादिङ फागुन १९ । राष्ट्रिय तेक्वान्दो संघले फागुन २२ गते आयोजना गरेको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिताको धादिङबाट विभिन्न तौल समुहमा खेलाडी छनौट गरिएको छ ।

राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङका अनुसार प्रदेश स्तरीय उक्त प्रतियोगिताको लागि धादिङबाट निम्न खेलाडीहरु छनौट भएका हुन् ।

छात्र तर्फ

  • ३५-४० किलो तौल समूहमा सुमन घले
  • ४०-४५ किलो तौल समूहमा पावल तामाङ
  • ४५-५० किलो तौल समूहमा रुपन गिरी
  • ५०-५४ किलो तौल समूहमा धन बहादुर मगर
  • ५४-५८ किलो तौल समूहमा नवीन श्रेष्ठ
  • ५८-६३ किलो तौल समूहमा दिपेन्द्र श्रेष्ठ

छात्रा तर्फ

  • ३०-३५ किलो तौल समूहमा रञ्जिता तामाङ
  • ४०-४५ किलो तौल समूहमा अञ्जना गुरुङ्ग
  • ४५-४७ किलो तौल समूहमा एलिसा तामाङ
  • ४७-५१ किलो तौल समूहमा नलिन श्रेष्ठ र
  • ५१-५५ किलो तौल समूहमा रेबिका तामाङ

१२ वर्ष भन्दा मुनिका पुम्से विधामा

  • छात्रा: संज्ञा सर्मा
  • छात्र: शुभ श्रेष्ठ

१८ वर्ष भन्दा मुनिमा

  • छात्रा: सुस्मिता गुरुङ
  • छात्र: तर्फ अमृत गुरुङ