धादिङ समाज धादिङ र त्रीपुरासुन्दरी फाईनलमा

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७७

धादिङ फागुन ९ । धादिङ जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा धादिङ समाज धादिङ नीलकण्ठ र त्रीपुरासुन्दरी क्रिकेट क्लव फाइनलमा पुगेका छन् ।

आज भएको सेमी फाईलनमा मलेखु क्रिकेट क्लवलाई हराउँदै त्रीपुरासुन्दरी क्रिकेट क्लव फाइनलमा पुगेको हो, भने विशालज्योती युवा क्लवलाई हराउँदै धादिङ समाज धादिङ नीलकण्ठ फाइनलमा पुगेको हो । फाईनल खेल फागुन १० गते दिउँसो १२ बजे देखि सुरु हुनेछ ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले चन्द्रोदय मावि विशालटारको खेल मैदानमा फागुन ७ गते देखि सुरु गरेको यस प्रतियोगिताको आईतबार सम्पन्न पहिलो खेलमा बैरेनी क्रिकेट टिम गल्छीले दिएको ८७ रनको टारगेट ८.३ ओभरमा पूरा गर्दै धादिङ समाज धादिङ नीलकण्ठ सेमी फाईनल प्रवेस गरेको थियो ।

आजको दोस्रो खेल अर्थात सेमीफाईनको पहिलो खेलमा त्रीपुरासुन्दरी क्रिकेट टिमको १०९ टारगेट पाएको मलेखु क्रिकेट टिम ९५ रनमा सिमित हुँदा १४ रनले त्रीपुरासुन्दरी फाईनल प्रवेस गरेको छ ।

यस्तै आजको तेस्रो खेल अर्थात सेमीफाईनको अन्तिम खेलमा रनरेटको आधारमा एक खेल जितेर सिधै सेमीफाईनल पुगेको बेनीघाट रोराङ गाउँपालिका स्थित विशालज्योती युवा क्लव बिशालटारले दिएको ९९ रनको टारगेटलाई ९ विकेटले जित्दै धादिङ समाज धादिङ नीलकण्ठ फाईनल प्रवेस गरेको छ ।

यस अघिका खेलहरु

पहिलो दिन फागुन ७ गते
धुनीबेसी क्रिकेट टिम र बैरैनी क्रिकेट टिम बीच भएको उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टारगेट धुनीबेसी टिमले ११ रन हारेको थियो । यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भएका थिए ।

यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभर मै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण उपाध्यायय प्लेयर आफ द म्याच घोषित भएका थिए ।

दोस्रो दिन फागुन ८ गते
दोस्रो दिनको पहिलो खेल
विशाल ज्योती क्लव बेनीघाट रोराङ र गणेश हिमाल क्रिकेट टिम नीलकण्ठ बीच भएको थियो यस प्रतियोगितामा ४४ रनको लक्ष्य सजिलै पुरा गरि विशाल ज्योती विजयी भएको थियो ।

दोस्रो दिनको दोस्रो खेल
गजुरी क्रिकेट टिम गजुरी र धादिङ समाज धादिङ, क्रिकेट टिम धादिङबेसीको बीच दास्रो खेल भएको थियो । यस खेलमा धादिङबेसीले दिएको ११९ रनको लक्ष्य पक्ष्याएको गजुरी १०७ रनमा समित हुँदा धादिङ समाज धादिङ विजयी बन्यो ।

दोस्रो दिनको तेस्रो खेल
मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ र कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ बीच तेस्रो खेल भएको थियो । यस खेलमा बेनीघाटले दिएको ७३ रनको लक्ष्य पुरा गर्दै मलेखुले ७ विकेटले विजयी भएको थियो । काठमाडौं जिल्लाबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनौटमा परेका कौशल रुपाखेतीले बेनीघाटबाट खेलेका थिए ।

यस्तो छ पुरस्कार राशी
प्रथम पुरस्कार: रु.२५,०००
दितिय पुरस्कार: रु.१५,०००, शिल्ड, मेडल, प्रमाण पत्र
तृतिय पुरस्कार: मेडल, प्रमाण पत्र
उत्कृष्ट बलर: रु.५,०००, प्रशंसा पत्र
उत्कृष्ट ब्यट्स मेन: रु.५,००० प्रशंसा पत्र
खेल अवधिभरकाेे उत्कृष्ट खेलाडी: रु.५,०००, प्रशंसा पत्र