
धादिङ माघ २५ । धादिङको गंगाजमुना गाउँपालिकाले ग्रामिण अस्पताल फुलखर्क र बढाथुम स्वास्थ्य चौकीबाट एम्बुलेन्स सेवा सुरु गरेको छ । आईतबार एक कार्यक्रमको बीच गाउँपालिका प्रमुख बल बहादुर अधिकारीले यी दुई एम्बुलेन्स उद्घाटन गरे सँगै आईतबारबाट सेवा सुरु भएको हो ।
गाउँपालिकाका सूचना अधिकारी हेमन्त ढकालका अनुसार गाउँपालिकाले २ वटा एम्बुलेन्स मात्र खरीद गर्न पाउने नीति अनुरुप ग्रामिण अस्पताल फुलखर्क र बढाथुम स्वास्थ्य चौकीको लागि करिव २१ लाखको लागतमा दुई वटा एम्बुलेन्स खरिद गरिएको हो ।
गुम्दी स्वास्थ्य चौकीमा भने यस अघि नै धादिङ कोरिया समाजले प्रदान गरेको एम्बुलेन्स संचालनमा आई सकेको छ ।

