
धादिङबेसी माघ ४ । धादिङका फुटबल खेलाडी डीएसडी धादिङका कप्तान गोपीकृष्ण भण्डारीले विगत केहि वर्ष देखि धादिङबेसीमा संचालनमा ल्याउनु भएको धादिङ फुटसल एकेडेमीले लोकल फुटसल प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
विगतमा खुल्ला प्रतियोगिता गर्दै आई रहेको यस एकेडेमीले यो पटक भने कोरोना भाईरस संक्रमणको जोखिमका कारण लोकल प्रतियोगिता गरेको जनाएको छ ।
६ टिम सहभागि यस प्रतियोगिताको उपाधी जिल्ला स्तरीय फुटबल खेलाडी रवि भण्डारीको टिमले जितेको छ । यस टिमबाट सर्जु तामाङ, कमलराज ढुङ्गाना, काजी शाक्य, अनिश अधिकारी, मनोज तामाङले खेलेका थिए ।
यस्तै प्रतियोगिताको उप विजेता जिल्ला स्तिरीय फुटबल खेलाडी सरोज पाण्डेको टिम बनेको छ । यस टिमका लागि निर्मल श्रेष्ठ, रोमन श्रेष्ठ, रोवट धमला, दिपक श्रेष्ठ, पुजन सुवेदीले खेलेका थिए ।
पुरस्कार राशी ठुलो थिएन, यो लोकल गेम हो, यस्ता प्रतियोगिता महिनै पिक्ष गर्ने गरेका छौं । यहि नियमित फुटसल खेल्ले खेलाडी सहभागि भएका थिए, अब छिट्टै खुल्ला प्रतियोगिता संचालन गर्ने तयारीमा रहेको संचालक गोपिकृष्ण भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
