
धादिङ माघ २ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङ गौंथलेमा भएको वडा स्तरीय खिनबहादुर थापा स्मृति कप भलिबल प्रतियोगिताको उपाधी वातावरण युवा क्लव गौंथलले A ले जितेको छ ।
माघे सक्रान्तिको अवसरमा आयोजित उक्त प्रतियोगितामा थापा युथ क्लव गौंथले A द्वितीय, प्रभात युवा क्लब मैदान तृतीय र थापा युथ क्लब B सान्त्वना भएका थिए ।

पुरस्कृत टिमलाई क्रमशः २५ हजार, २० हजार, १० हजार र ५ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिएको सन्दिप थापामगरले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
प्रतियोगितामा उत्कृष्ट स्पाइकर थापा युथ क्लवका प्रकाश थापा, उत्कृष्ट ब्लकरमा वातावरण युवा क्लवका दिपेश थापा, उत्कृष्ट प्लेयर वातावरण कै दोपिन्द्र थापा र उत्कृष्ट डिफेन्डर वातावरण कै अमर थापा घोषित भएका थिए ।
