
काठमाडौं पुस १५ । दाङको लमहीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला टि २० क्रिकेट प्रतियोगितामा बागमतीले गण्डकीलाई ६५ रनले पराजित विजय भएको छ ।
प्रतियोगिताको दोस्रो खेलमा गण्डकी प्रदेश विरुद्धको खेलमा बागमती प्रदेशले जित हासिल गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले गण्डकी प्रदेश सामु १५४ रनको लक्ष्य पेश गरेको थियो ।
बागमतीका लागि विन्दा कटुवालले ३८ रन बनाईन् भने गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिईन् । बागमतीका ३ जना ब्याट्सवोमेन रनआउट भए । १५४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २० ओभर खेलेर ५ विकेट गुमाएर ८८ रन मात्र जोड्न सफल भए पश्चात बागमतीले खेल ६५ रनले जितेको छ।
बागमती प्रदेशकि अस्मिना कर्माचार्य, आरती बिडारी, सुमन खतिवडा र निशा तामाङले १र१ विकेट हात पार्न सफल भए । भने गण्डकीका लागि शृष्टी पौडेलले ३० रन बनाईन् ।
समूह बी मा सुरुवाती दुबै खेल जिते निकाल्दै ४ अंक जोडेको प्रदेश १ सेमिफाइनलमा पुगेको छ । सुरुवाती दुई खेलमा १/१ खेल जितेका सुदूरपश्चिम र बागमतीको २/२ अंक छ । सुरुवाती दुबै खेल हारेको गण्डकी सेमिफाइनल यात्राबाट बाहिरिएको छ ।
बिहिबार समूह बी का अन्तिम दुई खेलले समूह विजेता र उप विजेता निर्धारण गर्ने छ । पहिलो खेलमा हुने सुदूरपश्चिम र बागमतीबीच हुने खेलको विजेता सेमिफाइनमा पुग्ने छन् । दोस्रो खेलमा प्रदेश १ र गण्डकी खेल्ने छन् । समूह ए बाट एपिएफ विजेता र लुम्बिनी समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । सेमिफाइनल पुस १८ र फाइनल पुस १९ मा हुने छ । तस्बीरः अल स्पोर्टबाट
