
धादिङ । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप तथा महोत्सव २०२६ (FIFA U-15 World Cup & Festival – Azerbaijan 2026) का लागि धादिङबाट २८ जना खेलाडी छनोट भएका छन् । धादिङ जिल्ला फुटबल संघले जिल्लास्तरीय खुल्ला छनोटबाट २८ खेलाडीलाई अन्तिम सूचीमा राखेको हो ।
सोमबार गलौंदी खेल मैदान, गजुरीमा सम्पन्न जिल्लास्तरीय छनोट कार्यक्रममा १२० भन्दा बढी यू–१५ खेलाडी सहभागी भएका थिए । सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा २८ जना खेलाडी छनोट गरिएको धादिङ जिल्ला फुटबल संघले जनाएको छ ।
छनोटमा परेका खेलाडीले अब बागमती प्रदेशस्तरीय छनोटमा सहभागी हुने अवसर पाउनेछन् । बागमती प्रदेश फुटबल संघले जारी गरेको सूचनाअनुसार प्रदेशअन्तर्गतको दोस्रो चरणको छनोट कार्यक्रम भदौ १४ र १५ गते ललितपुरको एन्फा कम्प्लेक्स, सातदोबाटोमा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।
बागमती प्रदेश फुटबल संघका अनुसार प्रदेश छनोटका लागि खेलाडीहरूले सक्कल जन्मदर्ता, बुवा–आमाको नागरिकताको फोटोकपी, बुवा–आमाको राष्ट्रिय परिचयपत्रको फोटोकपी तथा पासपोर्ट साइजको फोटो साथमा ल्याउनुपर्नेछ ।
धादिङबाट छनोट भएका २८ खेलाडी
धादिङ जिल्ला फुटबल संघले सार्वजनिक गरेको अन्तिम छनोट सूचीअनुसार:
१. विक्की परियार — बेनीघाट–८
२. निसान दर्लामी मगर — सिद्धलेक–६
३. निरिवल प्र. जैसवाल — विरगञ्ज–५
४. इसान परियार — बेनीघाट–७
५. अभिषेक खाली मगर — सिद्धलेक–९
६. इयोग तामाङ — बेनीघाट–१०
७. सुशील तामाङ — खनियाबास–८
८. असिम बानियाँ — नीलकण्ठ–८
९. कृपेश अधिकारी — सिद्धलेक–१
१०. भिजेन स्याङ्तान — सलाही
११. विप्लव गिरी — सिद्धलेक–७
१२. सम्पूर्ण गिरी — बेनीघाट–५
१३. सुदिप बसेल — सिद्धलेक–९
१४. सुलभ श्रेष्ठ — सिद्धलेक–४
१५. असर्द थापा मगर — बेनीघाट–५
१६. इलिन गुरुङ — नेत्रावती
१७. मुस्कान गुरुङ — नीलकण्ठ
१८. समिर गुरुङ — गजुरी
१९. दिप्सन मगर — धादिङ
२०. सन्देश तामाङ — नेत्रावती
२१. संसार थापा — धुनीबेँसी–६
२२. रुपिन बरुवाल — गजुरी
२३. रोशन गुरुङ — नीलकण्ठ
२४. रोनिक सुवेदी — गजुरी
२५. रियाज सुवेदी — गजुरी
२६. सुगम कुँवर — धाके
२७. अनुश श्रेष्ठ — गल्छी
२८. सुदाम कँडेल — बेनीघाट–३
फिफाको ‘Football Unites the World – Give Every Talent a Chance’ भन्ने नाराअनुसार आयोजना हुन लागेको यस छनोट प्रक्रियाले नेपाली युवा फुटबल खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
धादिङबाट छनोट भएका २८ खेलाडीले प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् ।
