धादिङमा पहिलो पटक तेक्वान्दो 3rd डानको ग्रेड्रिङ भयो

Avatar photo
Dhadingpost
पुस ३, २०७७

धादिङ पुस ३ । धादिङको इतिहास मै पहिलो पटक तेक्वान्दो 3rd डानको ग्रेडिङ सम्पन्न भएको छ ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङले धादिङबेसीमा लगातार ४ दिन लगाएर आयोजना गरेको ग्रेडिङमा 3rd डानको ग्रेडिङ धादिङ जिल्लाको इतिहास मै पहिलो पटक भएको कार्यसमितिका कोषाध्यक्ष प्रदिप गिरीले धादिङपोष्टलाई बताउनु भयो ।

यसअघि 1st र 2nd डानको लागि जिल्लामा ग्रेड्रिङ हुने गरे पनि 3rd डानको लागि काठमाडौं रंगशाला जानुपर्ने हुन्थ्यो, यो पटक जिल्लाको तेक्वान्दोको इतिहासमै दर्ज हुने गरी धादिङबेसी मै गरिएको अनिस अधिकारीले बताउनु भयो ।

४ दिन सम्म चलेको उक्त ग्रेड्रिङमा 3rd डानमा ५ जना, 2nd डानमा ४ जना र 1st डानको ग्रेडिङमा १८ जना, सहभागि थिए ।

3rd डानको को ग्रेड्रिङ जिल्ला खेलकुद विकास समिति धादिङका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले गर्नु भएको थियो ।

सहभागि खेलाडीहरु

3rd Dan

  • Durga bk
  • Dinesh Thapa Magar
  • Samjhana Bhandari
  • Gautwam Shrestha
  • Denid Bk

2nd Dan

  • Anish Adhikari
  • Prakash Shrestha
  • Alisha ghale
  • Dhan Bdr Tamang

1st Dan

  • Tara bahadur Gurung
  • suprime Tamang
  • Premika Tamang
  • ashika Bhandari
  • Dhan kumari Gurung
  • pramila Gurung
  • Prince Tamang
  • dinesh Gurung
  • Salin gurung
  • Budha Mohit pariyar
  • sudip Rana Magar
  • Anup tamang
  • Rajesh gurung
  • Shiva Samrat aryal
  • Prisman Regmi
  • Bimal Magar
  • Sushant Guvaju
  • Rohan Magar