
काठमाडौं मंसिर २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले बताउनु भयो ।
कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । उहाँको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।
