मेस्सी र रोनाल्डो आज राती आमने-सामने खेल्दै, कस्ले जित्ला फाईनल

Avatar photo
Dhadingpost
मंसिर २३, २०७७

काठमाडौं मंसिर २३ । विश्व फुटबलका दुई स्टाईकर लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आज राती आमने-सामने खेल्दै छन् । यो खेल २०१८ को मे पछि दुईबीचको यो भेट पहिलो हो ।

यूईएफए च्याम्पियन्स लिगको समूह चरणको फाइनल खेल आज राति नेपाली समय अनुसार मंगलबार राति १ः४५ बजे क्याटलान क्लब बार्सिलोना र इटालियन च्याम्पियन युभेन्ट्स बीच हुँदै छ ।

बार्सिलोना यो फाइनल चुम्ने लक्ष्यमा कप्तान लियोनेल मेस्सीसँगै फिलिपे कौटिन्हो, एन्टोइन ग्रिजमन, मार्टिन ब्रेथवेट, मिरोलेम प्यानिच, फ्रान्की डि जोङ, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, सर्जिनो डेस्ट, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगनले खेल्ने छन् ।

यस्तै यो यो फाइनल चुम्ने लक्ष्यमा भेन्ट्स तर्फबाट रोनाल्डोसँगै अल्भारो मोराटा, आरोन राम्सी, आर्थर, फेडरिको चियसा, एलेक्स सान्द्रो, वेस्टन म्याकिन्नी, डानिलो, म्याथ्थिज डि लेग्ट, लियोनादा्रे बोनुची र गोलरक्षक वोजचिएक सेचेज्नी खेल्ने छन् ।

च्याम्पियन्स लिगमा यो सिजन समूह चरणको खेल तालिका आउँदा धेरैको नजर रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाको पर्खाइमा नै थियो । समूह चरणमा यी दुईबीचको पहिलो खेलमा रोनाल्डो कोरोना संक्रमणका कारण खेल्न पाएका थिएनन् । जहाँ बार्सिलोना २-० ले विजयी भएको थियो ।