नेपाली व्याकरणका अध्ययता अधिकारी ‘गाउँ’ ले सम्मानित

Avatar photo
Dhadingpost
अशोज ९, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी । नेपाली भाषाका अभियान्ता एवम् वर्ण विन्यासका अध्ययता डा. बलदेव अधिकारी ‘गाउँ’ लाई स्वागत तथा अभिनन्दन गरिएको छ ।
सिर्जना प्रतिष्ठान धादिङ र एड्भान्स एकेडेमी धादिङले संयुक्त कार्यक्रम गरि आज एक भव्य कार्यक्रमका बीच गाउँलेलाई स्वागत तथा अभिनन्दन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँलले नेपाली भाषा व्याकरणमा काम चलाउको प्रथा विकास हुँदै गएको र भाषा प्रति देखिन थालेको गैर जिम्मेवार पनको विपक्षमा आफु रहेको बताउनु भएको थियो । उहाँले नेपाली अक्षेर पनि राम्रो सँग नजान्नेहरु कसरी नेपाली हुन सक्छन् भन्दै नेपाली भाषा शुद्ध लेख्न र सिक्न सबैलाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित नेपाली भाषाका शिक्षकहरुलाई विद्यालय तहदेखिनै शुद्ध उच्चारण साथमा लेख्न समेत सिकाउनु पर्ने अधिकारी गाउँले आग्रह गर्नु थियो ।
सृजना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रेडियो बिहानीका स्टेशन म्यानेजर नारायण सिलवाल, अन्नपूर्ण पोष्टका संवाददाता मनिश दुवाटी, एड्भान्स एकेडेमीका प्रमुख विष्णु प्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियो ।