
धादिङ मंसिर १४ । धादिङको गंगाजमुना गाउँपालिकामा स्थित बुढाथुम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सुनिता अधिकारी कोरोना संक्रमण भएको २८ दिनपछि कोरोना संक्रमण मुक्त हुनुभएको छ ।
कोरोना संक्रमित भए सँगै स्वास्थ्यकर्मी सुनिता आरूघाट गाउँपालिका स्थित आइसोलेशनमा आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ११ दिन र काठमाडौं स्थित बलम्वु स्थित शसस्त्र प्रहरीको हस्पिटल १७ दिन गरि २८ दिनको उपचारपछि कोरोना मुक्त भएर डिस्चार्ज हुनु भएको हो ।
गंगाजमुना गाउँपालिकको सबै स्वास्थ्य संस्थामा गर्भवती महिलाको भिडियो एक्सरे गरेर फर्किए सँगै कात्तिक ८ गतेदेखि बिरामी हुनुभएको उहाँ, दशैंभर होम आइसोलेशनमा बस्नुभएको थिसो । कोरोनाको लक्षण देखिए सँगै उहाँले कार्तिक १७ गते पीसीआर परिक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ज आएपछि आरूघाट गाउँपालिका स्थित आइसोलेशनमा आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्र ११ दिन उपचार गराउनु भएको र उपचारकै क्रममा शरिरमा अक्सिजनको मात्रा घटेपछि उहाँलाई काठमाडौं रिफर गरिएको थियो ।
काठमाडौं स्थित बलम्वु स्थित शसस्त्र प्रहरीको हस्पिटल १७ दिन उपचारत सुनितालाई हाइकेयरमा राखेर उपचार गरिएको उहाँको श्रीमान् चुडा अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।
कोनोना संक्रमणका कारण निमोनियाले स्वास्थ्यमा गम्भीर असर पुर्याएको र हातका नसाहरुमा समेत असर गरेको छ । शसस्त्र प्रहरी हस्पिटलले २८ दिनमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि अझै नियमित स्वास्थ्य चेकजाँच गर्नु पर्ने सर्त सहित डिस्चार्ज गरेको उहाँले बताउनु भयो ।

