
धादिङ मंसिर १४ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले लगातार दिन दिन ६ वटा विभिन्न खाने पानी आयोजनाको शिलान्यास गर्नु भएको छ ।
प्रमुख ढुङ्गानाले शनिबार नीलकण्ठ १० को ज्यामरुङ स्थित चिसोपानी भारमाले खानेपानी आयोजना र वडा नम्बर ९ को पाख्रीखोला लिफ्टिङ खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको हो ।
वडा नं. १० को चिसोपानी भारमाले खानेपानी आयोजनाबाट १ सय १४ घरधुरी लाभान्वित हुने भएका छन् । यसको लागत कुल ५८ लाख १३ हजार २ सय ९३ रुपैयाँ लाग्ने बताईएको छ ।
यस्तै वडा नम्बर ९ को पाख्रीखोला लिफ्टिङ खानेपानी आयोजनाबाट १ सय ७८ घरधुरीका नागरिकहरु लाभान्वित हुने भएका छन् । यसको लागत अनुमान १ करोड ३५लाख ७४ हजार ३ सय १७ रुपैँया रहेको छ ।
शिलान्यास भएका खानेपानी आयोजनाहरु
- वडा नं. १ को ठाँटी खोला लिफ्टिङ खानेपानी आयोजना- ८८ लाख ५२ हजार २ सय ८ रुपैया
- वडा नं. २ को झ्यापुङ खोला खानेपानी ओयोजना- ७४ लाख ७२ हजार २ सय ५५ रुपैँया
- वडा नं. ५ फ्याक्से खानेपानी ओयोजना- ६० लाख ९६ हजार ४ सय ९९ रुपैया
- वडा नं. ४ रिजालथोकमा खानेपानी ओयोजना- १ करोड २२ लाख ६० हजार ६ सय ६९ रुपैँया
- वडा नं. ९ पाख्रीखोला लिफ्टिङ खानेपानी आयोजना – ५८ लाख १३ हजार २ सय ९३ रुपैयाँ
- वडा नं. १० चिसोपानी भारमाले खानेपानी आयोजना- ५८ लाख १३ हजार २ सय ९३ रुपैयाँ
