
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय (NBSS) मा ‘एआई र शिक्षाको भविष्य’ विषयमा दोस्रो स्टुडेन्ट–लेड मिनी कन्फरेन्स सम्पन्न भएको छ ।
‘Artificial Intelligence and the Future of Education: From Classrooms to Global Learning Ecosystems’ विषयमा आयोजित सम्मेलन धादिङबेसीस्थित सिटी हलमा सम्पन्न भएको हो ।
विद्यार्थीको नेतृत्वमा आयोजना गरिएको सम्मेलनमा शिक्षा, भाषा तथा सूचना प्रविधि क्षेत्रका विज्ञ, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
एआई र शिक्षाको भविष्यबारे छलफल
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (AI) ले शिक्षामा पारिरहेको प्रभाव, यसको सम्भावना, चुनौती तथा भविष्यमा शिक्षण–सिकाइमा प्रविधिको भूमिकाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा फराह लिटलपेज (Farrah Littlepage), English Language Fellow, U.S. Embassy, Nepal सहभागी थिइन् । त्यस्तै विशेष वक्ताका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कोइराला सहभागी भएका थिए ।
विद्यार्थी प्रस्तोताका रूपमा विद्यालयका आईटी शिक्षक सतिश पोखरेल र SLC Graduate आशिष प्याकुरेल सहभागी भएका थिए ।

‘AI ले शिक्षकलाई विस्थापन गर्छ कि शिक्षणलाई नयाँ स्वरूप दिन्छ?’
सम्मेलनको मुख्य आकर्षण ‘From Chalkboards to Chatbots: Is AI Replacing Teachers or Redefining Teachin g?’ विषयमा प्यानल छलफल रहेको थियो ।
प्यानल छलफलको मोडरेटरमा मानसी श्रेष्ठ (SLC Graduate, NBSS) रहेकी थिइन् ।
प्यानलिस्टका रूपमा Farrah Littlepage, EDCU धादिङका Section Officer विजय तामाङ र NBSS कक्षा १० की विद्यार्थी तथा Most Inspiring Speaker–2082 ईशा थापा सहभागी भएका थिए ।
विद्यार्थी नेतृत्व र क्षमता विकासमा जोड
सम्मेलनको मुख्य उद्देश्य विद्यार्थीलाई आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बुद्धिमत्ता (AI) बारे सचेत बनाउनुका साथै अनुसन्धान, विश्लेषणात्मक सोच, सार्वजनिक बोलाइ र नेतृत्व क्षमता विकास गर्नु रहेको विद्यालयले जनाएको छ ।
कक्षा १० को ‘C’ सेक्सनले गत वर्षदेखि आयोजना गर्दै आएको यो कार्यक्रम यस वर्ष पनि सोही सेक्सनको नेतृत्वमा आयोजना गरिएको हो ।
विद्यार्थीहरूले आफैं कार्यक्रमको योजना बनाउने, वक्ता तथा सहभागी व्यवस्थापन गर्ने, प्रस्तुति दिने र छलफल सञ्चालन गर्ने अवसर पाउने भएकाले यसले उनीहरूको नेतृत्व तथा व्यवहारिक सीप विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ ।

‘यस्ता कार्यक्रमले युवा सोचलाई फुल्न मद्दत गर्छ’
कार्यक्रममा प्यानलिस्टका रूपमा सहभागी विजय तामाङले सामाजिक सञ्जालमार्फत सम्मेलनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले युवा विद्यार्थीहरूको क्षमता र सिर्जनशीलता देख्न पाउनु प्रेरणादायी भएको उल्लेख गर्दै ईशा थापा, मानसी श्रेष्ठ र Farrah Littlepage सँग प्यानलमा सहभागी हुन पाएकोमा आभार व्यक्त गरेका छन् ।
विद्यालयमा विद्यार्थीको नेतृत्वमा आयोजना गरिएको यो सम्मेलनले AI को जिम्मेवार प्रयोग, प्रविधिमैत्री शिक्षा र भविष्यको शैक्षिक प्रणालीबारे विद्यार्थीमा नयाँ सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
