धादिङबेसीमा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०७७

धादिङ कार्तिक ३० । धादिङबेसीमा विन्दुकेशरा टोल विकास संस्थाले आयोजना गरेको १६ टिम सहभागि प्रथम व्याडमिन्टन-०७७ सम्पन्न भएको छ ।

कार्तिक २८ गते देखि जारी यस प्रतियोगितामा लक्ष्मण मल्ल ठकुरी र सन्तोष श्रेष्ठको जोडी प्रथम, रमेश ढकाल र राम मल्ल ठकुरीको जोडी द्वितिय, मेघनाथ कोइराला र गकुल दर्लामी मगरको जोडी तृतिय र विनोद रिजाल र राजन दुवाडीको जोडी सन्तोना भएको आयोजकले जनाएको छ ।

पुरस्कृत टिमलाई आज (आईतबार) एक कार्यक्रमका बीच पुस्कार वितरण गरिएको थियो ।