कोरोना संक्रमित स्वास्थ्यकर्मी सुनिता अधिकारीलाई काठमाडौं रिफर

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७७

धादिङ कार्तिक २९ । धादिङको गंगाजमुना गाउँपालिका बुढाथुम स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित सुनिता अधिकारीलाई काठमाडौं रिफर गरिएको छ ।

कोरोना पोजेटिभ देखिएपछि आरूघाट गाउँपालिका स्थित आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको निगरानीमा रहेको आइसोलेशनमा रहँदै आउनु भएको स्वास्थ्यकर्मी सुनिता अधिकारीको अक्सिजनको लेभलघटे सँगै स्वासप्रस्वासमा गम्भिर समस्या देखियो भने निमोनियाको कारण फोक्सोमा दाग देखिएकोले काठमाडौं रिफर गरिएको बताईएको छ ।

स्वास्थ्यकर्मी सुनिता अधिकारीका श्रीमान् चुडामणी अधिकारीका अनुसार आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनबाट उहाँलाई एम्बुलेन्समा काठमाडौ लगिएको हो । हाल उपचारको लागि बलम्वु स्थित शसस्त्र प्रहरीको हस्पिटलमा राखिएको छ ।

बुढाथुम स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्य कर्मी सुनिता अधिकारी सेवाप्रवाहको क्रममा गंगाजमुना गाउँपालिकको सबै स्वास्थ्य संस्थामा गर्भवती महिलाको भिडियो एक्सरे गरेर कात्तिक १ गते फर्केको १ सातापछि कात्तिक ८ गतेदेखि बिरामी परे सँगै दशैंभर होम आइसोलेशनमा बस्दै आउनु भएको थियो ।

जति औषधि खाँदा पनि ठीक नभएपछि १३ गते भौगोलिक निकटताका कारण आरूघाट गाउँपालिकामा पीसीआर परिक्षण गराउन लगियो । कार्तिक १७ गते रिपोर्ट पोजेटिभ आएको चुडामणी अधिकारीले धादिङपोष्टलाई जानकारी दिनुभयो ।

लक्षणहरु देखिएपछि आरूघाट गाउँपालिका स्थित आइसोलेशनमा आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको प्रत्यक्ष निगरानीमा राखियो तर अक्सिजनको लेभल घट्यो, निमोनियाको कारण फोक्सोमा समेत दाग देखिए पछि काठमाडौं लगिएको उहाँले बताउनु भयो ।

काठमाडौ रिफर हुनु अगाडी
आरुघाट स्थित आइसोलेशनमा रहँदा अधिकारीले तिहारमा दाजुभाईलाई सम्झेर लेख्नु भएको मार्मिक पत्र