
धादिङ कार्तिक २७ । धादिङको रुबीभ्याली गाउँपालिकामा ‘विशेष कृषि कार्यक्रम’ संचालन हुने भएको छ । कृषि मन्त्रालय र रुबीभ्याली गाउँपालिका बीच सैद्धान्तिक सहमति भए सँगै मन्त्रालयको लगानीमा रुबीभ्याली गाउँपालिकामा ‘विशेष कृषि कार्यक्रम’ संचालन हुने भएको हो ।
मन्त्रालयले सहयोग गर्ने भए सँगै तिहारलगत्तै गाउँपालिकाले विशेष कृषि कार्यक्रम लागि गाउँपालिकाले जग्गा छनौट गर्ने बताएको छ ।
ब्लक ब्लकमा जग्गा छनोट भएपछि कृषि मन्त्रालयको लगानीमा स्याउ, सिमि, आल, लगायतका आवश्यकता र बजारको आधारमा बाली छनोट गरी कार्यक्रम सञ्चालन गर्न रुबीभ्याली गाउँपालिका र मन्त्रालयबीच सैद्धान्तिक सहमति भएको गाउँपालिकाका उपाध्यक्ष बिना लामाले बताउनुभयो ।
रुबीभ्यालीमा विशेष कृषि कार्यक्रम संचालन गर्न मन्त्रालयले आयोजना गेको छलफलमा संघीय सांसद खेम लोहनी, गाउँपालिका अध्यक्ष चेरुङ तामाङ लगाएतका सहभागिता रहेको थियो ।
हिमाली क्षेत्रमा रहेको रुबीभ्याली पर्यटन, कृषिलगायतको सम्भावना भएर पनि विकासको पहुँच नपुगेको गाउँपालिका मानिन्छ ।

