
रामचन्द्र थापा
धादिङ कार्तिक १८ । पृथ्वी राजमार्ग स्थित धादिङको थाक्रे गाउँपालिका २ सिम्ले डाङडुङ पुल नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाईकल पूर्णरुपमा जलेको छ ।
मंगलबार दिउँसो २ बजे काठमाडौबाट गजुरी तर्फ जाँदै गरेको ना ३ ख ६०६१ नम्बरको ट्रकले विपरित दिशावाट आउँदै गरको बा २९ प ८७८३ नम्बरको पल्सर मोटरसाईकललार्ई ठक्कर दिँदा मोटरसाईकलमा आगलागी भएको प्रहरीले बताएको छ ।
आगलागीबाट उक्त मोटर साईकल पूर्णरुपमा क्षति भएको छ भने चालक थाक्रे १ का २२ वर्षिय शंकर तामाङ गम्भिर घाइते भएका छन् । घाईते तामाङलाई उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।
ट्रक चालक पर्सा जिल्ला बिरगंज मनपा १६ बस्ने २७ वर्षिय सरोज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
