
धादिङ कार्तिक १८ । धादिङ नीलकण्ठ नगरपालिका स्थित ससाहमा स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
बा १५ च ३५०४ नम्बरको स्करपियो जिप धादिङवेशींबाट काठमाण्डौं जाँदै गर्दा मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईतेहरुको धादिङ अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौं पठाईएको छ ।
घाईतेहरु
१. मुक्तिनाथ बैंक धादिङ शाखाका प्रमुख सुरेन्द्र श्रेष्ठ
२. गल्छी १ का विनोद खतिवडा
३. चालक विनोद विश्वकर्मा
४. चन्द्रबहादु्र दुवाडी
५. आईते नेपाली
तस्वीरः काजी श्रेष्ठ
