धादिङबेसीमा निजी खर्चमा ४८ जनाले पीसीआर गराए

Avatar photo
Dhadingpost
कार्तिक १२, २०७७

धादिङ कार्तिक १२ । धादिङबेसीमा प्रति व्यक्ति २५ सय बुझाएर कोरोना भाईरस पोजेटिभ भए नभएको एकिन गर्न ४८ जनाले पीसीआर परिक्षण गराएका छन् ।

धादिङबेसीमा रहेको सरकारी आइसोलेशमा र होम आइसोलेशनमा रहेका ४८ जनाले आफ्नै व्यक्तिगत खर्चमा प्रति व्यक्ति २५ सय तिरेर बुधबार पीसीआर परिक्षण गराएका हुन् ।

जिल्ला अस्पताल धादिङले सूचना जारी गर्दै नि:शुल्क पीसीआर परिक्षण गरिने बताए पनि लक्षण देखिएकाहरुको समेत ५ दिन देखि पीसीआर परिक्षण हुन सकेको छैन ।

धादिङमा दशै अघि उच्च गतिमा कोरोना संक्रमितको संख्या बृद्धि भए पनि, संक्रमितहरुको कन्ट्याक्टमा रहेका व्यक्तिहरुको त परै जाओस् लक्षण देखिएकाहरुको समेत पीसीआर परिक्षण हुन सकेको छैन ।