धादिङका कम्युनिष्ट संस्थापक शर्माद्वारा देहत्याग

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७७

धादिङ कार्तिक ११ । पुराना वामपन्थी नेता एवम् धादिङका कम्युनिष्ट संस्थापक ७१ वर्षिया मुरारी शर्माले सोमबार आदमघाटको पुलबाट त्रिशुलीमा हामफाली देह त्याग गर्नुभएको छ ।

आम संचार समानको ऐना भएको बताउने शर्मा धादिङको आदमघाट निवासी शर्माले सोमबार विजया दशमीको दिन देहत्याग (आत्महत्या) गर्नुभएको हो ।

घटना विवरण

जिल्ला गजुरी गाउँ पालिका ६ आदमघाट बजार नजिकैबाट दिउँसो ४ बजे त्रिशूली नदीमा रहेको झलुङ्गे पुलबाट स्थानीय वर्ष ७१ को मुरारी शर्मा त्रिशूली नदिमा हामफाली बेपत्ता भएपछी स्थानीय र आदमघाट सशस्त्र प्रहरीको पोष्टबाट प्रहरि नायब निरिक्षक चुडामणि भण्डारीको कमाण्डमा गएको टोलिले गजुरी बजार नजिकैको पोखरे खोला स्थानबाट ५ बजे उक्त शव निकालेको थियो । उक्त शवको ईलाका प्रहरी कार्यलय गजुरीबाट प्रहरि नायब उपरिक्षक युवराज खड्काको कमान्डमा गएको टोलिले मुचुल्का तयार शव जुरी स्वास्थ केन्द्र पठाएको थियो ।