
धादिङ कार्तिक ९ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बरबहादुर अधिकारीले कोभिड अस्पताल बनाउन आफ्नो घर नि:शुल्क उपलब्ध गराउनु भएको छ ।
२० बेड राख्न पुग्ने क्षेमताको अधिकारीको घरमा हाल ५ बेड राखेर नेत्रावती डब्जोङ गाउँपालिकाले पालिका स्तरीय ‘कोभिड–१९ अस्थायी अस्पताल’ उद्घाटन गरेको छ ।
गाउँपालिकामा संक्रमितको दर बढ्दै गएमा बेड थप्दै जाने र उक्त स्थानमा कम्तीमा २० बेडको आईशोलेशन निर्माण गरिने निर्णय भएको स्वास्थ्य संयोजक पौडेलले जानकारी दिनुभयो ।
अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुने अनुसार हाल दुई नर्स नियुत्ति गरिसकेको र एक चिकित्सकको दरबन्दी रिक्त रहेको पौडेलले धादिङपोष्टलाई बताउनु भयो ।
