धादिङ कोरोना संक्रमण बाट थप एक को मृत्यू, संक्रमित संख्या ८३६ पुग्यो

Avatar photo
Dhadingpost
कार्तिक १, २०७७

धादिङ कार्तिक १ । धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ जसमा त्रीपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४५ बर्षिय पुरुषको आज मृत्यु भएको हो ।

यस्तै धादिङमा आज ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितमा संक्रमिहरु गल्छि गाउँपालिकाका १८ जना, त्रीपुरासुन्दरी गाउँपालिकाका ८ जना, नीलकण्ठ नगरपालिकाका ८ जना, ज्वालामुखी गाउँपालिकाका ४ जना, सिद्धलेक गाउँपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, गजुरी गाउँपालिकाका १ जना र धुनिबेसी नगरपालिकाका १ जना गरी ४६ जना रहेका छन् ।