माथिल्लो बेलुङ्गमा घर घरमा धारा स्थानीय दंग

Avatar photo
Dhadingpost
अशोज ३०, २०७७

धादिङ असोज ३० । धादिङको त्रीपुरासुन्दरी गाउँपालिका ४ माथिल्लो बेलुङ्गमा घर-घरमा खाने पानीको धारा पुगे सँगै स्थानीय दंग छन् ।

जाम जाम नेपालको आर्थिक सहयोगमा ६ लाख २५ हजार ३२५ खर्च गरि लिफ्टिङ्ग प्रविधि मार्फत पानी तानी १५ घर धुरिमा घर घरमा मिटर सहितको धारा जडान भए सँगै माथिल्लो बेलुङ्गका स्थानीय दंग भएका हुन् ।

त्रीपुरासुन्दरी गाउँपालिका ४ का अध्यक्ष कपिल देव सिम्खडा र जाम जाम नेपालका सदस्य दिपक खड्काले शुक्रबार सयुक्त रुपमा घर घरमा खानेपानी धारा उघाट्न गर्नु भएको मदन श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

४५ वर्ष पछि घर घरमा पानी भर्न पाउँदा एक युग पार गरि फेरि नयाँ युग थालनी भएको खुशीयालीमा स्थानीयले सहयोगी दाताको प्रतिनीधिहरुलाई बधाई दिएका थिए ।

x