
धादिङ असोज २७ । धादिङ जिल्लामा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै धादिङमा संक्रमितको संख्या ६३४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ४ का ३९ वर्षिय पुरुष, वडा नं १० का ३३ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ७ का ५२ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४८ वर्षिय पुरुष बेनिघाट रोराङ गाउँपालिका वडा नं २ मा एक महिला, गल्छी गाउँपालिका वडा नं का ६२ वर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं ३ की ४० वर्षिया महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मंगलबार सम्म स्वाब पठाईएको मध्य अझै ६ सय २ को रिपोर्ट आउन बाकी छ । धादिङका कुन संक्रमित मध्य ७ जनाको मृत्यु भएको छ भने ३८४ जना निको भएर घर फर्कि सकेका छन् ।

