
साबित्री अधिकारी
धादिङ असोज २६ । जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले धादिङबेसीका खाद्यान्न पसलहरु अनुगमन गरेको आज पाचौं दिन पुगेको छ ।
हामीले हरेक खाद्यान्न पसलहरुमा सुक्ष्म अनुगम गरिरहेका छौं । चाडपर्वको समयमा हुन सक्ने कलो बजारी रोक्न, मिति सकिएको सामाग्री राखिएकोे न छैन ?, दर्ता भए नभएको र मुल्य राखिएको छ छैन, मिसावट छ कि छैन, अनुगमन गरिएको सहायक प्रजिअ रुद्रबहादुर मल्लले धादिङपोष्टलाई बताउनु भयो ।
अनुगमनको क्रममा मिति सकिएका सामाग्रीहरु जपथ गरिएको छ, भने मुल्य सूची नराख्ने पसललाई तत्काल मुल्यसूची राख्न आग्रह गरिएको समेत सहयाक प्रजिअ मल्लले बताउनु भयो ।
अनुगमनमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादु खत्री, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, खाद्यन्न गुणस्तर चेकजाँच गर्ने प्राविधिकहरुको सहभागिता रहेको छ ।
