
धादिङ असोज २५ । सकारात्मक परिर्वतनका लागि प्रशंसनिय खोज पद्धती तथा रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
जिल्ला विभिन्न १३ बिद्यालयका शिक्षकहरुको लागि सकारात्मक परिर्वतनका लागी प्रशंसनिय खोज पद्धती तथा रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि भएको उक्त तालिम शनिबार धादिङबेसीमा सम्पन्न भएको हो ।
तालिममा सुरक्षित सिकाई वातावरण, स्व नेतृत्व, स्व नेतृत्व भनेको के हो ? स्व नेतृत्व किन चाहिन्छ ? स्व नेतृत्वको विकास कसरी गर्दै जाने ? हाम्रो मुल्य मान्यता तथा सिद्धान्तहरु, सकारात्मक दृष्टिकोण र व्यवहार भनेको के हो ? सकारात्मक सोच र दृष्टिकोण कसरी बढाउने, सकारात्मक परिर्वतनका लागि प्रशंसनिय खोज पद्धती सकारात्मक खोज पद्दति भनेको के हो ? प्रशंसनीय खोज पद्दतिको प्रक्रिया समस्या समाधान लगायतका विविध विषयहरुमा सहजिकरण गरिएको बताईएको छ ।
गैसस महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्यालले सहजिकरण गर्नु भएको उक्त तालिमले प्रंशसनीय खोज तथा सकारात्मक सोच जीवन रुपान्तरणमा सहयोग सिद्ध भएको बसेरी माविका शिक्षिका कलावति सिलवालले बताउनु भयो ।
