धादिङमा बुधबार १६ जना काेराेना संक्रमित

Avatar photo
Dhadingpost
अशोज २१, २०७७

धादिङ असाेज २१ । धादिङमा बुधबार मात्रै १६ जनालाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । याे सँगै धादिङमा काेराेना भाईरस संक्रमितकाे संख्या ५१२ जना पुगेकाे छ ।जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार बुधबार संक्रमित हुनेमा नीलकण्ठ नगरपालिकाका १० जना,नेत्रावती डवजोङ गाउँपालिकाका २ जना, ज्वालामुखीका २,त्रिपुरासुन्दरी र गल्छिका १/१ जना रहेका छन् ।

यस्तै नीलकण्ठ नगरपालिका वडा नं २ का ४२ बर्षिय पुरुष,वडा नं ३ की २४,२९,३८ बर्षिय पुरुष,वडा नं ४ का ३७ बर्षिय पुरुष,वडा नं ७ का २१ बर्षिय पुरुष,वडा नं ९ की ९ बर्षिय बालिका,४० बर्षिय पुरुष,वडा नं १० की २७ बर्षिया महिला, वडा नं १३ की २० बर्षिया महिला रहेका छन् ।

यसैगरि नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ काी २८ बर्षिया महिला,वडा नं ४ को ३५ बर्षिय पुरुष,ज्वालामुखी गाउँपालिका वडा नं २ को ३५ बर्षिय पुरुष,वडा नं ६ की २३ बर्षिया महिला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष र गल्छि गाउँपालका वडा नं १ का ३३ बर्षिय पुरुष छन् ।