नीलकण्ठ वलीडाँडामा काँग्रेस सचिव सहित नेकपामा प्रवेस

Avatar photo
Dhadingpost
अशोज १८, २०७७

धादिङ असोज १८ । धादिङको नीलकण्ठ नगरपालिका २ मा नेपाली काँग्रेस वडा सचिव सहित ३० जना नेकपामा प्रवेस गरेका छन् ।

केहि दिन पहिला वलीडाँडा नजिकै बसाहामा कार्यक्रम गर्दै १०० जना भन्दा बढी नेकपा कार्यकर्ताहरुलाई काँग्रेसले पार्टी प्रवेस गराए सँगै आईतबार नेकपा नीलकण्ठले एक कार्यक्रम गर्दै काँग्रेसका वडा सचिव टोप बहादुर थापा (सुरेश) को नेतृत्वमा नेकपा प्रवेस गराएको हो ।

नेकपा प्रवेस गर्नेमा तरुण दल वडा सभापति रिभर थापा मगर, नेपाली काँग्रेस वडा सदस्य एवम् सोह्रघरे आधारभुत विद्यालयका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ लगायत ३० जना नेकपामा प्रवेस गरेको नेकपा नीलकण्ठले जनाएको छ । फोटो: प्रदिप शाह