चन्द्रोदय क्याम्पस विशालटारका कुशल रिजाल जिल्ला प्रथम

Avatar photo
Dhadingpost
अशोज १४, २०७७

धादिङ असोज १४ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ स्थित बिशालटारका रहेको चन्द्रोदय बहुमुखी क्याम्पसमा अध्ययनरत कुशल रिजाल जिल्ला प्रथम हुनुभएको छ ।

त्रिभुवन विश्व विद्यालयद्वारा २०७६ सालको भाद्र महिनामा संचालित बीबीएस प्रथम वर्षको बोर्ड परिक्षाको हालै प्रकाशित नतिजामा ७०.८० प्रतिशत अंकका साथ रिजाल जिल्ला प्रथम हुनु भएको क्याम्पस प्रमुख योगेन्द्र सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।

यस क्याम्पसबाट बीबीएस प्रथम वर्षमा नियमित तर्फ २० जना विद्यार्थी सहभागी भएकोमा जिल्ला प्रथम कुशल रिजाल सहित सुमन सुनार, तिर्सना कडेल, अस्मिता विसुराल, भवानी कडेल र आराधना छत्कुली उत्तिर्ण हुनुभएको समेत क्याम्पस प्रमुख सिलवलले बताउनु भयो ।

धादिङ जिल्लामा ११ ओटा सामुदायिक र ३ ओटा निजी गरि १४ ओटा क्याम्पसमा बीबीएस संकायमा पढाई हुंदै आईरहेको छ ।