
धादिङ असोज १२ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा केहि दिन पहिला २०० जना भन्दा बढी नेकपा पत्यिाग गरि काँग्रेसमा प्रवेस गरेका थिए ।
आज नेत्रावती डब्जोङको वडा नम्बर १ को वडा कमिटिलाई सपथ ग्रहण गर्न पुग्नु भएका सांसद डा. रामकुमार अधिकारीको हातबाट २० जना भन्दा बढी काँग्रेसमा प्रवेस गरेकाहरु नेकपा मै फर्किएको सुरेश लोप्चनले धादिङपोष्टलाई बताउनु भयो ।
लोप्चनका अनुसार हरि तामाङ, कृष्ण बहादुर गुरुङ, पुर्ण बहादुर हुरुङ, चन्द्र बहादुर तामाङ, कृष्ण बहादुर तामाङ लगायतका २० जना नेता कार्यकर्ताहरु सांसद अधिकारीले टिका र खादा लगाई नेकपा मै फर्काउनु भएको थियो ।
