जसपा धादिङको बैठक ५ निर्णय गर्दै सकियो

Avatar photo
Dhadingpost
अशोज ७, २०७७

धादिङ असोज ७ । जनता समाजवादी पार्टी धादिङको पदाधिकारीको विस्तारित बैठक मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष राम ढकालको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका उपाध्यक्ष राजु नेपालको प्रमुख अतिथ्यता र नेता बीरबहादुर तामाङ (चम्पासिंह) को विशेष आतिथ्यतामा भएको उक्त वैठक ५ वटा निर्णय गर्दै सकिएको छ ।

केन्द्रिय सदस्य तथा बागमती प्रदेशका उपाध्यक्ष एवम् वैठकका प्रमुख अतिथि राजु नेपालले संगठन निमार्णलाई पहिलो प्रथामिकतामा राख्न जसपा धादिङलाई निर्देशन दिनु भएको वैठकमा सहभागि एक सदस्यले धादिङपोष्टलाई बताउनु भयो ।

वैठकका निर्णयहरु
१. लकडाउन खुलेपनी कोरोनाको जोखिमको अवस्था झन् बढ्दै गएकोले सम्पुर्ण धादिङबासीलाई सचेत र सुरक्षित रहन अनुरोध गर्ने ।
२. जसपाको संगठनलाई गठन, पुनर्गठन र विस्तार गर्दै पार्टीको गतिविधि वडा सम्म पुर्याउने ।
३. राजपा सग एकताको लागी राम ढकालको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन ।
४. पार्टीको प्रवक्तामा पार्टी सचिव निर बहादुर श्रेष्ठ र सह(सचिव अर्जुन सापकोटा रहने ।
५. पार्टीको तर्फबाट दलिय प्रतिनिधित्व गर्दा पदाधिकारी मध्यबाट गर्ने र पार्टीमा सल्लाह नगरी अरु कसैले प्रतिनिधित्व गरे त्यो पार्टीको आधिकारिक नहुने ।