गौतमको मनोनयनविरुद्ध सर्वोच्चमा रिट दर्ता

Avatar photo
Dhadingpost
अशोज ५, २०७७

धादिङ असोज ५ । सरकारको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रिय सभामाको रिक्त पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमलाई मनोनयन गर्नु भएको थियो ।

नवनियुक्त राष्ट्रियसभा सदस्य गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन दर्ता गराउनु भएको हो । सर्वोच्ले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ ।