प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन हुने

Avatar photo
Dhadingpost
भदौ २६, २०७७

काठमाडौं भाद्र २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकार दिने प्रस्ताव पास गरेको छ ।

बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्री सरकारका काममा केन्द्रित भएर अघि बढ्ने र प्रचण्डले कार्यकारी अधिकार सहित पार्टी नेतृत्वको लिने गरि कार्य विभाजन भएको छ ।’

बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।