चीन र भारत बीच युद्धको खतरा

Avatar photo
Dhadingpost
भदौ २३, २०७७

एजेन्सी भाद्र २३ । चीनले सोमबार राती लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक भारतिय सेनाले चेतावनी दिँदै हवाई फायर गरेको जनाए सँगै फेरि चीन र भारत बीच युद्धको खतरा बढेको छ ।

एद्यपी भारतले भने उल्टै चिनले पाँच जना भारतिय सेलानाई कब्जामा लिएको आरोप लगाएको छ ।

चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पार गरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन् ।