
धादिङ भादू १४ । धादिङबेसी सदरमुकाम क्षेत्रमा आईतबार बिहान प्रहरीले कर्फ्यु उल्लङ्घन गरेको भन्दै मोटरसाईकल नियन्त्रणमा लिएको छ ।
साउन २८ गते देखि सदरमुकाम आसपास क्षेत्रमा जिल्ला सुरक्षा समितिले कोरोना भाईरस संक्रमणलाई मध्यनजर गरी कर्फ्यु लगाए पनि मोटर साईकलहरु निर्वाध रुपमा चल्दै आएका थिए । भाद्र १६ गते सम्म लागु गरिएको कर्फ्युलाई कडाई गर्दै प्रहरीले आज सदरमुकाममा मोटरसाईकल नियन्त्रणमा लिएको हो । तस्वीरः हरि थापा
