त्रिपुरासुन्दरी सुकौरामा स्थानीयद्वारा निर्मित प्रतिक्षालय

Avatar photo
Dhadingpost
भदौ १२, २०७७

सुकौरा भाद्र १२ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ सुकौरामा पुनः अर्को प्रतिक्षालयको निर्माण सम्पन्न भएको छ । स्थानीय व्यक्तिहरुको आर्थिक तथा श्रमदानबाट प्रतिक्षालयको निर्माण भएको हो ।

केही महिना अघि स्थानीय समाजसेवी विष्णुप्रसाद गौलीले व्यक्तिगत लगानीमा करिब ३ लाख खर्चेर प्रतिक्षालय निर्माण गर्नुभएको थियो । स्वर्गीय पिता गंगादत्त गौली तथा माता दुर्गादेवी गौलीको सम्झनामा उहाँले यात्रु प्रतिक्षालयको निर्माण गर्नुभएको थियो ।

त्यस्तै, सुकौरामा नै गौलीले बनाएको जस्तै अर्को प्रतिक्षालयको पनि निर्माण भएको छ । नवनिर्मित प्रतिक्षालय निर्माणको लागि स्थानीय समाजसेवी कृष्णबहादुर ढकालले ५० हजार आर्थिक सहयोग गर्नुभएको हो, भने अन्य स्थानीयले श्रमदान गरेर निर्माण सम्पन्न गरेका हुन् ।

दुवै प्रतिक्षालयको जग पिलर उठाएर बनाइएको छ भने ढुंगाको छानोले छाइएको छ ।

हाल कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण त्रिपुरासुन्दरी गाउँपालिकामा पनि फैलिइरहेको बेला दुवै प्रतिक्षालयमा भिड गर्न स्थानीय प्रशानले अनुमति दिएको छैन ।