
काठमाडौं साउन १८ । भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट ८६ जनाको मृत्यु भएको छ ।
बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्यु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ।
पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।
मृतकको संख्या बढेपछि पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्यु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।
