
धादिङ साउन ७ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले तीन दिन भित्र अविरल वर्षाको कारण आएको बाढी पहिरोको क्षेति विवरण पठाउन सबै वडालाई निर्देशन गरेको छ ।
गाउँपालिकाले बुधबार विवरण पठाउने फारमको ढाँचा सहित सूचना प्रकाशित गरि तीन दिन भित्र अविरला वर्षाको कारण आएको बाढी पहिरोको क्षेति विवरण पठाउन सबै वडालाई निर्देशन गरेको हो ।
बेनीघाट रोराङमा मानविय क्षेति नभए पनि बाढी पहिरोलो ठुलो क्षेति पुर्याए पछि गाउँपालिका प्रमुख पित्तबहादुर ढल्लाकोटीले राजमार्ग क्षेत्रको क्षेति मंगलबार स्थलगत आनुगमन गरेर फर्किए सँगै तीन दिन क्षेतिको विवरण पठाउन गाउँपालिकाले निर्देशन गरेको हो ।
राजमार्ग नै अवरुद्ध हुने गरी बेनीघाट रोराङको सिमानामा रहेको मौवाखोला पुललाई बाढी र पहिरोले क्षेति पुर्याएको छ भने, इन्द्राणी कन्ट्रक्सनको ढुङ्गा खानी जवाङ खोलामा रहेको ५ एक्साभेटर र ७ ट्रिपरलाई पनि बाढी पहिरोले क्षेति पु्याएको थियो ।
यसैगरी पहिरोले बेनीघाट रोराङ १० स्थित हुग्दी खोला र बाँदरेभिर बीचको क्षेत्रमा ४ वटा गाडी पुरेको छ भने पहिरोमा परेका ३ वटा गाडीलाई त्रिशूली बगाए थियो । यसैगरी मौवाखोला पुल छेउमा रहेको ३ वटा घर पनि बगाएको थियो भने, बेनीघाट स्वास्थ्य चौकीलाई समेत पहिरोले क्षेति पुर्याएको छ ।

