
धादिङ साउन ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङमा रहेको इन्द्रणी कन्ट्रक्सनले संचालन गरेको ढुङ्गाखानी संचालनका लागि प्रयोग भएका ५ एक्साभेटर र ७ वटा ट्रिपरलाई बाढीपहिरोले क्षेति पुर्याएको छ ।
घटना स्थल पुगेका संचाकर्मी दानबहादुर गुरुङका गनुसार सोमबारको बाढीपहिरोले ढुङ्गाखानी संचालनका लागि प्रयोग भएका ५ एक्साभेटर र ७ वटा ट्रिपरलाई क्षेति पुर्याएको हो ।

सोमबार नै आएको बाढी पहिरोका कारण मौवाखोलाको पुल भत्तिएपछि बन्द भएको पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । गाउँपालिकाको राजमार्ग क्षेत्रमा भएका विपदका घटना आज गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटीले अनुगमन समेत गरेका छन् ।

मौवाखोलाको पुल निमार्णलाई पहिलो प्राथमिकतामा राखेका छौ यो पुल नबन्दा अत्यावश्यक सेवा प्रवाहमा समस्या भएको डल्लाकोटीले धादिङपोष्टलाई बताए । अहिले तत्काल ग्याविन जाली लगाएर भएपनि यातायात संचालनको तयारी गरिएको छ, अन्य क्षेति विवरणहरु पनि आईरहेको उनलले बताए । तस्वीर: दानबहादुर गुरुङ


