
काठमाडौं असार २९ । मकवानपुरमा रहेर खेलकुद क्षेत्रको समाचार लेख्दै आएका खेल पत्रकार विक्रमकुमार बानियाँ सम्मानित भएका छन् ।
सहिद प्रित कुमार मोक्तान प्रतिष्ठानले हेटौँडाले उपमहानगरपालिका वडा नम्वर ९ का युवा फुटबल खेलाडीहरुलाई खेलकुदका लागि आवश्यक सामग्री हस्तान्त्रण कार्यक्रममा गोल नेपाल डटकम खेल पत्रकार बानियाँलाई सम्मान गरेको हो ।
त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय फुटबल टिमका सदस्य सुनिल बल र ए डिभिजन फुटबल च्यासल युथ क्लबका टिम क्याप्टेन अमिर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।
