ज्यामरुङका किसानलाई ट्याक्टर वितरण

Avatar photo
Dhadingpost
असार २५, २०७७

धादिङ असार २५ । नीलकण्ठ नगरपालिका वडा नं ११ र साना किसान सहकारी, ज्यामरुङले किसानहरुलाई ट्याक्टर वितरण गरेका छन् ।

वडा नम्बर ११ र सहकारीको सहकार्यमा अनुदान ट्याक्टरका लागि निवेदन दिएका किसानलाई ७५ प्रतिशद सम्म अनुदानमा २७ वटा ट्याक्टर उपलब्ध गराएको वडा अध्यक्ष तिलक थापामगरले बताए ।

वडा बाट बिनियोजन गरेको १० लाख, साना किसान सहकारीको तर्फबाट ५ लाख र किसान समूहबाट ४ लाख गरि जम्मा १९ लाख बराबरको मुल्यको ट्याक्टर किसानलाई वितरण गरिएको थियो ।

बिहिबार तिलक थापा मगर, वडा सदस्यहरु कमला श्रेष्ठ, मित्र आचार्य, र साना किसान सहकारीको तर्फबाट अध्यक्ष मोतीराम पाठक र प्रबन्धक दामोदर इटनीको रोहबरमा सो ट्याक्टर किसानलाई हस्तान्त्रण गरिएको थियो ।