नेकपा नीलकण्ठ नगर अध्यक्षको गाउँमा विद्रोह ३५ भन्दा बढी काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
असार १३, २०७७

धादिङ असार १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिकाका अध्यक्ष दिपक विश्वकर्माको गाउँमा ३५ जना भन्दा बढीले विद्रोह गर्दै काँग्रेसमा प्रवेस गरेका छन् ।

२५० जना भन्दा बढीलाई धुँवाकोटको अम्बोटे र भँगेरीस्थानबाट पार्टी प्रवेस गराएको काँग्रेस धादिङले शुक्रबार नेकपा नीलकण्ठका अध्यक्ष विश्वकर्माकै गाउँ चिलाउने वोटेबाट ३५ जना भन्दा बढीलाई विद्रोह गर्न लगाई आफ्नो पार्टीमा प्रवेस गराएको हो ।

लामो समय देखि चिलाउने वोटेबाट बामपन्थी आन्दोलनमा सक्रिय रहेका केदार पोखरेल यस अघिको निर्वाचनमा वडा सदस्यका उम्मेदवार समेत थिए, उनै पोखरेलले सहित ३५ जना भन्दा बढी लिएर काँग्रेस प्रवेस गरेका थिए । उनीहरुलाई नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी, नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले खादा लगाई स्वागत गरेका थिए ।

x