एनआरटी र आरसिटीले धादिङमा होम ग्राउण्ड बनाउँदै

Avatar photo
दिपेश कडेल
असार १२, २०७७

धादिङ असार १२ । ए डिभिजन लिकका क्लवहरु एनआरटी र आरसिटीले धादिङमा होम ग्राउण्ड बनाउने तयारी गरेका छन् ।

आरसिटी ६ पटक र एनआरटी ४ पटक ए डिभिजन लिग जितेका टिम हुन् , उनीहरु बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल सहित खेल मैदान अवलोकनका लागि आएका थिए ।

सदस्य सचिव सिलवाल सहित एनआरटीका अध्यक्ष सुन्दर जोशी र महासचिव नरेन्द्र श्रेष्ठ तथा आरसिटीका उपाध्यक्ष कुमार राज भण्डारी र सह सचिव रविन महर्जनले धादिङमा बन्दै गरेका खेलमैदानहरु निरिक्षण गरेका थिए ।

विभिन्न खेल मैदानहरु निरिक्षण गरे पनि एनआरटी र आरसिटीका पदाधिकारीले भुवनेश्वरी माध्यामिक विद्यालयको मातहतमा रहेको करिब ३३ रोपनी जग्गामा बन्दै गरेको खेल मैदान मन पराएको भ्रमणमा रहेका एक सदस्यले धादिङपोष्टलाई बताए ।

भुवनेश्वरी माध्यामिक विद्यालयको मातहतमा रहेको उक्त मैदानलाई एनआरटी र आरसिटीले आफ्नो घरेलु मैदानसहित एकेडेमी बनाउने योजना बनाएका छन् । तर क्लबले सुविधा सम्पन्न एकेडेमीसहितको मैदानमा लागि करिब ४० रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ ।

विद्यालयको मातहतमा रहेको यस मैदानमा पूर्वाधार विकासका लागि प्रदेश ३ सरकार र धुनिवेशी नगरपालिकाले १–१ करोड विनियोजन समेत गरेको छ । जसको कारण विद्यालयले १ करोड ८० लाखको टेन्डर सहित मैदान निर्माणको काम अगाडी बढाईसकेको छ ।

धादिङका खेल मैदान राखेप सदस्य सचिवद्वारा अवलोकन

जग्गा निरिक्षणपछि एनआरटी अध्यक्ष सुन्दर जोशीले जग्गा लिनेमा क्लब सकारात्मक रहेको र राखेप, एन्फा र नगरपालिकासँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

एसियाली खेलकुद महासंघ (एएफसी) ले आफ्ना सदस्य राष्ट्रका क्लबहरुलाई लाईसेन्स प्रणाली अनिवार्य गरेको छ । जसका लागि क्लबसँग होम ग्राउण्ड, आफ्नै एकेडेमी, युथ टिम अनिवार्य रहेको छ । फोटोः रमेश सुबेदी

x