
धादिङ असार ११ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले धादिङका विभिन्न निर्माणधिन खेलकुद मैदान अवलोकन गरेका छन् ।
सदस्य सचिव सिलवालले बिहिबार धादिङको धुनीबेसी नगरपालिका बन्दै गरेको २ वटा फुटबल मैदान, थाक्रे गाउँपालिका बन्दै गरेको २ वटा फुटबल मैदान, गल्छीमा बन्दै गरेको १ वटा फुटबल मैदान, गजुरी गलौदीमा बन्दै गरेको क्षेत्रिय स्तरको फुटबल मैदान, मलेखुमा बन्ने फुटबल मैदान र कभर्डहल स्थल, बेनीघाट रोराङमा बन्न सुरुभएको क्षेत्रिय स्तरको क्रिकेट रंगशाला स्थलगत अनुगमन गरेका हुन् ।
अखिल नेपाल फूटबल संघका अध्यक्ष लगायत केन्द्रीय प्रतिनिधिहरू सहित अवलोकनमा आएका उनले खेल मैदान निमार्णमा सहयोग गर्ने प्रतिवद्धता जनाएको जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले धादिङपोष्टलाई बताए ।
तीन वटै सरकारको बजेट भाषण सकिएको र खेलकुद शिर्षकको बजेट विनियोजनको अन्तिम तयारी भै रहेको बेलामा भएको सदस्य सचिवको खेल मैदान अवलोकनलाई अर्थपूर्ण रुपमा हेरिएको दिपेश कडेल बताउँछन् ।

सदस्य सचिव धादिङ कै हुन्, धादिङको खेलकुद विकासको लागि केहि गर्ने प्रतिवद्धता जनाई रहेको बेलामा भएको सदस्य सचिवको अवलोकनले जिल्लामा निमार्णाधिन अवस्थामा रहेका खेल मैदानहरुले पूर्णता पाउनेमा आशावादी बनाएको कडेल बताउँछन् ।
त्यसो त सदस्य सचिव वजेट बाड्नको लागि धादिङमा बन्दै गरेका खेलमैदान अवलोकनका लागि नआएको स्रोतको दावी छ । नेपालमा डिभिजन स्तरको प्रतियोगिताको लागि धादिङमा बन्ने खेल मैदानको अवस्था र डिभिजनलाई भाडामा दिन मिल्ने गरि खेल मैदान निमार्ण सुरुभए नभएको बुझ्न सदस्य सचिव धादिङमा निमार्णाधिन अवस्थमा रहेका खेल मैदान हेर्न आएको स्रोतले बतायो ।
ए डिभिजन लिकका क्लवहरुलाई आआपनो खेल मैदान हुनुपर्ने हुनाले त्यसका लागि उपयुक्त स्थानको हुन सक्ने हुनाले ए डिभिजन क्लव RCT र NRT क्लब, कुमारी , बास क्लवका संचालकहरु समेत सदस्य सचिव सँगै खेल मैदान अवलोकनका लागि आएका थिए ।