
धादिङ असार ७ । शनिबार ६ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भए सँगै धादिङमा सङ्क्रमितको सङ्ख्या १ सय १ जना पुगेको छ ।
नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो ।
थपिएका नीलकण्ठका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी दिपक अछामीले बताए ।
शनिबार पुष्टि भएका सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटका २०, २०, ३८, २६, र २७ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की ३७ वर्षीय महिला रहेका छन् ।
यो सँगै धादिङ संक्रमित हुनेको संख्या नीलकण्ठ नगरपालिकामा ५९ जना, ज्वालामुखी गाउँपालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना, नेत्रावती डब्जोङ, उँपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना, गजुरी गाउँपालिकामा १ जना छन् ।
यस मध्य नीलकण्ठकाे १७ जना नेत्रावती डब्जोङ गाउँपालिकाको एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी कोरोना संक्रमित एक महिला गरी २२ जना निको भएर फर्किसकेका छन् ।

