धादिङमा सुरु भयो, टोल टोलमा शिक्षा

Avatar photo
Dhadingpost
असार ५, २०७७

धादिङबेसी असार ५ । कोरोना भाईसर रोकथाम तथा उपचारका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित शिक्षा क्षेत्रले अझै निरन्तरता पाउन सकेको छैन ।

धादिङको कतिपय विद्यालयले भने स्कुल बन्द भएपछि टोलटोलमा शिक्षा कार्यक्रमहरु संचालन गर्न थालेका छन् ।

यस्तै टोलटोमा शिक्षा कार्यक्रम संचालन गर्ने विद्यालय मध्य प्याब्सन सँग आवद्ध रहेको बेनी शिक्षा सदन स्कुल बेनीघाट एक हो ।

हामीले विद्यार्थीको अनुपात हेरी एक टोलका, विद्यार्थी अर्को टोलमा नजाने गरी र त्यहि टोलको शिक्षक/शिक्षिकालाई सामाजिक दुरीका आधारमा बिहानमा कक्षा लिने गरेको प्रिन्सिपल डीपी सापकोटाले धादिङपोष्टलाई बताए ।

बेनी शिक्षा सदनले टोल टोल मै पुगेर सामाजिक दुरी कायम गर्दै हरेक दिन विहान पढाउँदै आएको छ । हामीले कोर्स अगाडी बढाएका छैनौ तर विद्यार्थीलाई पढाई रहेका छौ, प्रिन्सिपल सापकोटा बताउँछन् ।

बेनीघाट रोराङमा बेनी शिक्षा सदन मात्र हैन ग्रामिण क्षेत्रका अन्य विद्यालयले पनि सामाजिक दुरी कायम राख्दै टोल-टोलमा शिक्षालाई जारी राखेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठक बताउँछन् ।

गाउँपालिकाले स्कुल संचालन गर्न भनेको छैन । तर पनि कतिपय विद्यालयका शिक्षकहरुले टोल-टोलमा पुगी बढीमा १० जना सम्मलाई सामाजिक दुरी कायम गर्दै गृहकार्य दिने गरेको भन्ने जानकारी आएको छ उनले धादिङपोष्टलाई जानकारी दिए ।

यस अघिको समाचार

बेनी शिक्षा सदनद्वारा महिला शिक्षक सम्मानित

बेनी शिक्षा सदन स्कुलको बार्षिक उत्सव

x