धादिङ अस्पताललाई ५० शैयाको बनाउन बजेट विनियोजन

Avatar photo
Dhadingpost
असार २, २०७७

धादिङ असार २ । धादिङबेसी स्थित जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्न बागमती प्रदेश सरकारले ०७७/७८ का लागि वजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सोमबार प्रदेश संसदमा वजेट प्रस्तुत गर्दै धादिङ जिल्ला अस्पताललाई ५० शैयाको बनाउन बजेट विनियोजन गरिएको बताएका हुन् ।

बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने बताईएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

x