गजुरीमा ११९ जनाद्वारा रक्तदान

Avatar photo
Dhadingpost
असार १, २०७७

धादिङबेसी असार १ । रक्तदान हवको रुपमा अगाडी बढी रहेको धादिङमा कोभिड १९ को संक्रमण रोकथाम तथा उपचारको कारण रक्तसंकलन रोकिएको थियो ।

देशभरका रक्तसंकलन केन्द्रहरुमा रगत अभाव हुन थाले सँगै धादिङमा फेरी रक्तदान कार्यक्रमलाई निरन्तरता दिन थालिएको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा आईतबार नेपाल रेडक्रस सोसाइटी गजुरी उप शाखा, गजुरी गाउँपालिका वडा नम्बर १, आयोजना तथा गजुरी सामुदायिक विकास समाज गजुरी रुद्रेश्वर आमा समुह, लायन्स क्लब अफ गजुरीले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

उक्त रक्तदान कार्यक्रममा १०१ जना पुरुष र १८ जना महिला गरी कुल ११९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उप मन्त्री नारायण कुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।